वैशाख २६, २०८२ शुक्रबार | १६:२६:५२
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

वडा नम्बर २ र ४ च्याम्पियन

काठमाडाैं । १० औं कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा वडा  नम्बर २ र ४ च्याम्पियन बनेका छन् । वडा नम्बर २ पुरुष तथा  ४ महिलामा च्याम्पियन बनेका हुन् ।

कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा वडा २ ले वडा नम्बर ३ लाई ५१-४४ ले पराजित गरेको हो। विजेता टोलीका लागि प्रवीण गुरागाईंले १६ अंक जोडे ।

पहिलो क्वार्टर १०-१० को बराबरीमा सकिँदा वडा २ ले दोश्रो क्वार्टर १३-१२, तेश्रो क्वार्टर १५-१४ र चौथो तथा अन्तिम क्वार्टर १३-८ ले आफ्नो पक्षमा पार्यो ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा नम्बर ६ लाई ५५-५० ले हरायो । वडा ४ का लागि मुना महर्जनले ३५ स्कोर गरिन् ।

पहिलो क्वार्टरमा १२-१६ ले पछि परेको वडा ४ ले दोश्रो क्वार्टर २२-९ र  तेश्रो क्वार्टर १२-९ ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम क्वार्टर वडा ६ ले ९-१६ ले आफ्नो पक्षमा पारे पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।

पुरुष/ महिला दुवैतर्फको विजेताले २० हजार तथा दोश्रोले १५ हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फ वडा २ का नरेश महर्जन तथा महिलातर्फ वडा ४ की मुना महर्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।  दुवैले जनही पाँच हजार रुपैयाँ पाए ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी लगायतले  पुरस्कृत गरे । बैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा ११ तथा महिलामा ६ टोली सहभागी थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP