सेभेन ‘ए’ साइड फुटबल

मदन-आश्रित स्मृति फुटबल प्रतियोगिता जेठमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) को भातृ संगठन युवा संघ नेपाल पिपुल्स भोलेन्टियर्सले आगामी जेठ ३ देखि ८ गते सम्म प्रथम मदन-आश्रित स्मृति सेभेन ‘ए’ साइड खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आयोजकले सोमबार पत्रकार सम्मेला गर्दै प्रतियोगितामा सहभागिताका लागि जेठ २ गते सम्म पाँच हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिने जानकारी दिएको हो ।

लैनचौर मैदानमा संञ्चालन हुने नकआउट प्रतियोगितामा ५० देखि ६० टोलीको सहभागिता रहने आयोजकको अनुमान छ ।

अनुमानित बजेट २३ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले तीन, उपविजेताले दुई र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।