कतार रिजर्भ लिग

रिजर्भ लिगमा स्यान्सु सम्मिलित अल वाक्रह तेस्रो

काठमाडौं । नेपाली युवा फुटबल खेलाडी स्यान्सु भुसाल सम्मिलित अल वाक्रहले कतार रिजर्भ लिगमा तेस्रो स्थान हासिल गरेको छ ।

रिजर्भ लिग शीर्ष लिगमा सहभागी १२ क्लबका युवा टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता हाे । 

प्रतियोगितामा अल वाक्रहले ११ खेलमा ६ जित, तीन बराबरी र दुई हारको नतिजासहित २१ अंक जोड्यो । ३१ अंक जोडेको अल मार्खिया पहिलो तथा २१ अंकका साथ अल अरबी दोस्रो स्थानमा रहे ।

नेपाली यु-१९ टोलीको प्रतिनिधित्व गरिसकेका स्यान्सु गत संस्करण सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबका आवद्ध थिए ।