इटालियन सिरी ए

भाल्होभिचमाथि एस्टन भिल्लाको नजर

काठमाडौं । इङ्लिस प्रिमियर लिगकाे क्लब एस्टन भिल्लाले सर्बियन फरवार्ड डुसन भाल्होभिच भित्र्याउन इन्छा देखाएको छ ।

फुटबल इनसाइडरका अनुसार भिल्ला आगामी जुलाई ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्टसबाट भाल्होभिच भित्र्याउने योजनामा छ ।

सन् २०२२ मा इटालियन सिरी ‘ए’ काे क्लब फ्लोरिन्टनाबाट युभेन्टस भित्रिएका भाल्होभिचले ४० लिग खेलमा १७ गोल गरेका छन् ।

भाल्होभिचको उत्कृष्ट प्रदर्शनप्रेरित युभेन्टस इटालियन सिरी‘ए’ को दोस्रो स्थानमा छ ।