मन्डेकाजी श्रेष्ठ

मन्डेकाजी अस्ट्रेलियामा सम्मिनित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् ।

मन्डेकाजीलाई एनआरएन अस्ट्रेलियाले सात सय अस्ट्रेलियन डलरसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा एआरएन ओसियन संयोजक दिनेशराज जोशी, एनआरएन स्पोर्टस एकेडेमीका सहअध्यक्ष डा.राजु मानन्धर, एनआरएन आइसिसी मिडिया उपसंयोजक हेमन्त काफ्ले, जन सम्पर्क समिति अस्ट्रेलिया राष्ट्रिय वरिष्ठ उपाध्यक्ष इथान शाक्य लगायतको अपिस्थती थियो ।

सम्मान गरेकोमा धन्यवाद दिँदै मन्डेकाजी आगामी दिनमा राम्रो गर्ने हौसल प्रदान गरेको बताए ।

मन्डेकाजी हाल अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षकको भुमिकामा छन् ।

प्रतियोगितामा नेपालका लागि दिवस श्रेष्ठले स्वर्ण तथा नवीन रसाईली र राजिव पुडासैनी, मनिष थापा क्षेत्री र मलिका थापाले कास्य पदक जितेका थिए ।