इङ्लिस प्रिमियर लिग

आर्सनलको प्रिमियर लिगको उपाधि सम्भावना कायमै

लन्डन । न्युक्यासल युनाइटेडमाथि २-० को जितसहित आर्सनलले इङ्लिस प्रिमियर लिगको उपाधि सपना कायमै राखेको छ । 

१४औं मिनेटमा मार्टिन ओडेगार्डले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ७१औं मिनेटमा न्युक्यासलका फाबियन स्हरले गरेको गोलमा आर्सनलले अग्रता दोब्बर पारेको थियो । 

आर्सनल ३५ खेलमा ८१ अंकसहित लिगको दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको साबिकको विजेता म्यानचेस्टर सिटीभन्दा १ अंक मात्र कम हो । सिटीले आर्सनलकोभन्दा एक खेल कम खेलेको छ । लिगमा आर्सनलले अब मात्र तीन खेल खेल्न बाँकी छ भने सिटीले चार खेल खेल्न बाँकी छ ।

 तेस्रो स्थानको न्युक्यासलको ६५ र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ६३ अंक छ ।

यता वेस्ट हमलाई १-० को नतिजा सुम्पिएसँगै युनाइटेडले तेस्रो स्थानमा उक्लिने अवसर गुमायो ।