इटालियन सिरी ए

युभेन्टसले एटलान्टालाई हरायो

काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ मा घरेलु टोली एटलान्टामाथि २-० को जित निकालेको छ ।

जितसँगै ३४ खेलमा ६६ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको एटलान्टा समान खेलमा ५८ अंकका साथ छैटौं स्थानमा छ ।

जेविस स्टेडियममा आइतबार सम्पन्न खेलमा युभेन्टसलाई जित दिलाउन सामुएल जुनियर र डुसन भाल्होभिचले समान एक गोल गरे ।

खेलको ५६ औं मिनेटमा जुनियरको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । भाल्होभिचले इन्जुरी समयमा फेडेरिको चेइसाको पासमा गोल गर्दै युभेन्टसलाई २-० को हसज जित दिलाए ।