इटालियन सिरी ए

नेपोलीलाई ३३ वर्षपछि सिरी ए को उपाधि

मिलान । युडिनेसीसँग १-१ को बराबरीका बाबजुद नेपोलीले ३३ वर्षदेखीको इटालियन सिरी ए को उपाधि खडेरी तोडेको छ । 

नेपोलीसामु आइतबारै घरेलु समर्थककामाझ उपाधिको खुसी बाँड्ने अवसर थियो । तर टोलीले सुखद नतिजा भने ल्याउन सकेको थिए । यद्धपी बिहीबार भने अंक बाँडे पनि नेपोलीले उपाधि चुमेको हो ।

१३औं मिनेटमा सान्डी लोर्भिचको गोलमा युडिनेसीले अग्रता लिएको थियो । ५२औं मिनेटमा भिक्टर ओसिमहेनले नेपोलीलाई खेलमा फर्काएका थिए । जुन उनले यस सिजन सिरी ए मा गरेको २२औं गोल हो । उनको गोलमा नेपोलीले क्लब इतिहासमा तेस्रो पटक सिरी ए को उपाधि पक्का गरेको हो । 

३३ खेलमा ८० अंक जोडेको नेपोली शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लाजियोभन्दा १६ अंक बढी हो । लिगमा अब ५ खेल मात्र खेल्न बाँकी छ ।

तेस्रो स्थानको युभेन्टसको ६३ र चौथो स्थानको इन्टर मिलानको ६० अंक छ ।