इङ्लिस प्रिमियर लिग

हाल्यान्डको कीर्तिमानमा खुशी छुः कोल

लन्डन । एन्ड्रियु कोलले लामो समयदेखी रहेको इङ्लिस प्रिमियर लिगको एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान एर्लिङ हाल्यान्डले तोडेको भन्दै खुशी व्यत्त गरेका छन ।

हाल्यान्डले बुधबार वेस्ट हमविरुद्ध निकालेको ३-० को जितमा एक गोल गर्र्र्दै प्रिमियर लिगमा यस सिजन आफ्नो गोलसंख्या ३५ पुर्याएका थिए । यसअघि कोल र एलन सेररको नाममा ३४ गोलको कीर्तिमान रहेको थियो । कोलले १९९३–९४ मा एकै सिजन ३४ गोल गरेका थिए । १९९४–९५ को सिजनमा सेररले कोलको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेका थिए ।

‘कीर्तिमान तोड्नकै लागि कायम गरिने हो,यो सामान्य कुरा हो’,कोलले भने, ‘हाल्यान्डले सर्वाधिक गोलको कीर्तिमान तोडेका छन । यसमा मलाई खुशी लागेको छ ।’