सहिद स्मारक ए डिभिजन लिग

जावलाखेललाई जित लयमा फर्कने दबाब

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा १४औं स्थानको एफसी खुमलटारको सामना गर्दा जावलाखेल युथ क्लब जितसहित जितसहित शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने लक्ष्यमा हुनेछ ।

जावलाखेलका लागि पछिल्लो तीन खेल सुखद बन्न सकेको छैन । १२औं खेलमा पराजित भएको जावलाखेलले १३औं खेलमा अंक बाँडेको थियो भने १४औं खेलमा पनि नतिजा सुम्पिएको थियो । पछिल्लो खेलमा नेपाल पुलिस क्लबसँग २-१ ले पराजित भएको जावलाखेल जितलयमा फर्कदै शीर्ष स्थान कायम राख्ने लक्ष्यमा हुनेछ ।

जावलाखेल १४ खेलमा २४ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको पनि समान २४ अंक छ । १४औं स्थानको खुमलटारको भने १४ खेलमा १४ अंक छ । 
आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दैछ । 

पुलिस १५ अंकसहित १२ औं स्थानमा छ भने हिमालयन शेर्पा १७ खंकसहित १०औं स्थानमा उक्लिनेछ ।