पिएसजी

मेसीसँगको सम्झौता नवीकरण नगर्ने सोचमा पिएसजी

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनल मेसीसँगको सम्झौता नवीकरण नगर्ने संकेत गरेको छ ।

पिएसजी आफ्ना स्टार खेलाडी मेस्सीको सम्झौता नवीकरण नगर्ने सोचमा रहेको विभिन्न सन्चारमाध्यमले बताएका छन् ।

गत आइतबार लोरेन्टविरुद्ध ३-१ को अप्रत्यासित हार ब्योहोरे पछि क्लबलाई कुनै खबर नै नगरी साउदी अरब गएको भन्दै पिएसजीले मेसीलाई २ साताको लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

मेसी र पिएसजीबीचको सम्झौता यही सिजनको अन्त्यसँगै सकिँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेका मेसीले अब पिएसजीका लागि तीनवटा खेल मात्र खेल्न पाउनेछन् ।

मेसीलाई पुनः अनुबन्ध गर्नका लागि बार्सिलोनाले पनि छलफल चलाइरहेको छ भने अमेरिकाको इन्टर मियामी तथा साउदी क्लब अल हिलालले पनि चासो देखाएका छन् । मेसी साउदी क्लब अल हिलाल जान सक्ने अनुमान गरिएको छ ।