सहिद स्मारक ए डिभिजन लिग

दोस्रो चरणमा सुखद सुरुआतको लक्ष्यमा मच्छिन्द्र

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबका लागि पहिलो चरणको सुरुआत निकेै खराब रहेको थियो । 

आज दोस्रो चरणको पहिलो खेलमा संकटा क्लबको सामना गर्दा मच्छिन्द्र सुखद सुरुआतको लक्ष्यमा हुनेछ । मच्छिन्द्र १३ खेलमा १८ अंकसहित आठौं स्थानमा छ । 

संकटामाथिको जितले मच्छिन्द्र पाँचौ स्थानमा उक्लिने छ । यता संकटा भने समान खेलमा १६ अंकसहित १०औं स्थानमा छ । पछिल्लो केही खेलमा सुखद नतिजा ल्याउन नसकेको संकटा पनि जित लयमा फर्कन चाहन्छ । 

मच्छिन्द्रमाथिको जितले संकटा छैटौ स्थानमा उक्लिनेछ । 

आजै एन्फा मुख्यालयमा हुने खेलमा एपिएफ र न्युरोड टिम (एनआरटी) भिड्दैछन ।

एपिएफ १३ खेलमा १८ अंकसहित सातौं स्थानमा छ भने समान खेलमा ११औं स्थानको एनआरटीको १६ अंक छ ।