बेलिङघम अनुबन्धका लागि रियालले वार्ता थाल्यो

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इङ्ल्यान्डका युवा स्टार जुड बेलिङघम अनुबन्धका लागि वार्ता सुरु गरेको छ ।

रियालले जर्मन क्लब बोरुसिया डर्टमन्डका मिडफिल्डर बेलिङघमलाई १०० मिलियन युरोमा अनुबन्धका लागि वार्ता थालेको बिबीसीले जनाएको छ ।

डर्टमन्डले भने १ सय ५० मिलियन युरोको प्रस्ताव गरेको बताइएको छ । १९ वर्षीय बेलिङघम सन् २०२० मा बिर्मिनघमबाट डर्टमन्ड आएका थिए ।

उनले डर्टमन्डका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।  गत वर्ष उनले १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।

बेलिङघमले यस सिजन ४० खेलमा ११ गोल र ७ असिस्ट गरेका छन् ।