आइडब्लुएल

किकस्टार्टको पहिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर सुरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीले इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) मा पहिलो जित निकालेको छ ।

यस जितसँगै समूह ‘बी’को किक २ खेलमा ३ अंकका साथ पाँचौं स्थानमा छ । पहिलो खेलमा किक इस्टर्न स्पोर्टिङ युनियनसँग १-० ले पराजित भएको थियो ।

किकले आइतबार सम्पन्न खेलमा उडिसा एफसीलाई २-० ले पराजित गरेको हो । किकलाई जित दिलाउन किओको एलिजाबेथ कटुङ्गवा र लैशराम बिबिचा देवीले समान १ गोल गरे ।

खेलको ३६ औं मिनेटमा किओकोको गोलमार्फत किकले अग्रता लिएको थियो । ७३औं मिनेटमा लैशरामले गोल गर्दै टोलीलाई २-० को जित दिलाइन ।

सरुले ९० मिनेट नै खेल्दा रेनुका अतिरिक्त समयमा मैदान प्रवेश गरेकी थिइन् ।

किकले तेस्रो खेलमा बुधबार चर्चिल ब्रदर्स एफसीको सामना गर्नेछ।