माघ १७, २०८२ शनिबार | १६:५६:५३
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

राष्ट्रपति रनिङ शिल्डः रिलेमा सुदूरपश्चिमको कीर्तिमान

काठाडौं । सुदूरपश्चिम प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिमले नर्धारित दूरी ३ मिनेट ३१.०० सेकेन्ड समयमा तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेकाे हाे ।

 सुदूरपश्चिमले सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवत सम्मिलित लुम्बिनीले बिसं २०७६ सालमा बनाएको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान भंग गरेको हो ।

प्रतियोगितामा योसहित ३ जुनियर राष्ट्रिय कीर्तिमान बने । अघिल्लो दिन लुम्बिनीका सुदिप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते ।

छात्र २ सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते । उनले निर्धारित दूरी २३.० सेकेन्डमा पूरा  गरे । सुजलले योसहित प्रतियोगितामा १ कीर्तिमानीसहित ३ स्वर्ण हात पारे । उनले १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । 

३ हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ९ मिनेट २८.१ सेकेन्ड समय खर्चे । ट्रिपलजम्पमा कोशीका राजीव ढुंगाना (१३.५० मिटर) तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक (१२.०९ मिटर) ले शीर्ष स्थान हात पारे ।

छात्रा २ सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८.० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहिन् । रेसुले ट्रिपलजम्पमा पनि (१०.१४ मिटर) स्वर्ण जितिन् । रेसुले प्रतियोगितामा ३ व्यक्तिगतसहित ४ स्वर्ण चुमिन् । रेसुले १ सय मिटर दौड र ४ गुणा १ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् ।

 ३ हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगीले दूरी ११ मिनेट २४.५ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ (८.६२ मिटर) ले स्वर्ण हात पारिन् ।

एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो । २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्णमाथि कब्जा जमायो । कर्णालीले ३, बागमती, सुदूरपश्चिम र गण्डकीले समान २ तथा कोशीले १ स्वर्ण आफ्नो नाममा गराए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।