चैत्र ८, २०८२ आइतबार | २३:१७:११
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

राष्ट्रपति रनिङ शिल्डः रिलेमा सुदूरपश्चिमको कीर्तिमान

काठाडौं । सुदूरपश्चिम प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिमले नर्धारित दूरी ३ मिनेट ३१.०० सेकेन्ड समयमा तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेकाे हाे ।

 सुदूरपश्चिमले सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवत सम्मिलित लुम्बिनीले बिसं २०७६ सालमा बनाएको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान भंग गरेको हो ।

प्रतियोगितामा योसहित ३ जुनियर राष्ट्रिय कीर्तिमान बने । अघिल्लो दिन लुम्बिनीका सुदिप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते ।

छात्र २ सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते । उनले निर्धारित दूरी २३.० सेकेन्डमा पूरा  गरे । सुजलले योसहित प्रतियोगितामा १ कीर्तिमानीसहित ३ स्वर्ण हात पारे । उनले १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । 

३ हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ९ मिनेट २८.१ सेकेन्ड समय खर्चे । ट्रिपलजम्पमा कोशीका राजीव ढुंगाना (१३.५० मिटर) तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक (१२.०९ मिटर) ले शीर्ष स्थान हात पारे ।

छात्रा २ सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८.० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहिन् । रेसुले ट्रिपलजम्पमा पनि (१०.१४ मिटर) स्वर्ण जितिन् । रेसुले प्रतियोगितामा ३ व्यक्तिगतसहित ४ स्वर्ण चुमिन् । रेसुले १ सय मिटर दौड र ४ गुणा १ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् ।

 ३ हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगीले दूरी ११ मिनेट २४.५ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ (८.६२ मिटर) ले स्वर्ण हात पारिन् ।

एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो । २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्णमाथि कब्जा जमायो । कर्णालीले ३, बागमती, सुदूरपश्चिम र गण्डकीले समान २ तथा कोशीले १ स्वर्ण आफ्नो नाममा गराए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो