सहिद स्मारक ‘ए’ डिभिजन लिग

बराबरीमा रोकिए जावलाखेल र संकटा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लब  संकटका क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

यस नितजासँगै जावलाखेलले १३ खेलमा २४ अंक जोड्दा संकटा समान खेलबाट १६ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।

च्यासल मैदानमा शनिबार ५१औं मिनेटमा चलिरहेको खेल वर्षाका कारण रोकिएपछि बाँकी समय आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइएको हाे ।

३४औं मिनेटमा फोडे फोफनाले जावलाखेललाई अग्रता दिलाए । फोफनाले राहुल राहुलको फ्रिकिकलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

७३औं मिनेटमा निशान खड्काले संकटालाई बराबरीमा ल्याए । निशाले मनिष डाँगीको पासलाई पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेका हुन् ।