अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

बेल्जियमको जित

बर्लिन । कप्तान केभिन डी ब्रुयनाको प्रभावशाली प्रदर्शनमा बेल्जियमले मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीमाथि ३-२ को जित निकालेको छ । 

नवनियुक्त प्रशिक्षक डोनमेनिको टेडेस्कोको प्रशिक्षणमा बेल्जियमल निकालेको यो लगातार दोस्रो जित हो । 

शुक्रबार टेडेस्कोको प्रशिक्षणमा बेल्जियमले युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा स्वडेनविरुद्ध ३-० को जितसहित सुखद सुरुआत गरेको थियो ।

छैटौं मिनेटमा यानिक कारास्को र नवौं रोमेलु लुकाकुले गरेको गोलमा बेल्जियमले २० को अग्रता लिएको थियो । दुवै गोलका लागि डी ब्रुयनाले पास उपलब्ध गराएका थिए । 

४४औं मिनेटमा निकाल्स फुल्करगले पेनाल्टी गोलमा जर्मनीले खेलमा फर्कने संकेत गरेको थियो । तर ७८औं मिनेटमा केभिन डी ब्रुयनाले बेल्जियमका लागि तेस्रो गोल गरेसँगै जर्मनीको खेलमा फर्कने लक्ष्य कमजोर बनेको थियो । 

खेल सकिन तीन मिनेट बाँकी रहँदा सेर्गी जिनाब्रीले गरेको गोल जर्मनीलाई खेलमा फर्काउन पर्याप्त भएन । 

यसअघि टिमो वर्नेरले गोल गरे पनि अफसाइड भएको भन्दै त्यसले मान्यता पाएन । त्यस्तै जोसुवा किमिचको प्रहार पनि पोस्ट नजिकैबाट बाहिरिएको थियो । 

आयोजक भएका कारण जर्मनीले युरोपियन च्याम्पियनसिप २०२४ को छनोट खेल्नु पर्दैन । तर पछिल्लो समयको लगातारको खराब प्रदर्शनले भने टोलीलाई असर गर्नसक्छ ।