इङ्लिस प्रिमियर लिग

कोन्टेको बर्हिगमनमा म पनि जिम्मेवारः सन

लन्डन । सन ह्युङ मिनले टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेको बर्हिगनमा आफू पनि जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन ।

सनले आफूले स्वभाविक लय भेट्टाउन नसकेको र त्यसले टोलीको नतिजामा प्रभाव परेको पनि बताए । कोन्टे आइतबार टोटनहमको प्रशिक्षणबाट अलग भएका थिए । कोन्टेले केही खेलाडी स्वार्थी भएको र त्यसले सोचेअनुरुपको नतिजा ल्याउन नसकिएको बताएका थिए । 

साउथहमटनविरुद्धको ३-३ को बराबरीमा रोकिएको खेल उनका लागि टोटनहमबाट अन्तिम रह्यो । सो खेलमा ३-१ को अग्रता लिएको टोटनहम अन्ततः अंक बाँड्न बाध्य भएको थियो ।

गत सिजन २३ गोलसहित गोल्डेन बुट जितेका सनले यस सिजन भने २६ खेलमा मात्र ६ गोल गरेका छन । सन अधिकांश खेलमा पहिलो रोजाईमा स्थान बनाउन असफल रहेका छन । 

‘एक खेलाडीको रुपमा म कोन्टेको बर्हिगमनमा जिम्मेवार छु’ , सनले भने, ‘म उनीसँग माफी माग्न चाहन्छु । मैले लामो समयदेखी स्वभाविक लय भेट्टाउन सकेको छैन । यसले पनि टोलीको नतिजामा असर परेको छ । उनी राम्रा प्रशिक्षक हुन् ।’