बेल्जियन फुटबल

डि ब्रुयना बेल्जियमको नयाँ कप्तान

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका मिडिफिल्डर केभिन डि केभिन डि ब्रुयना बेल्जियन फुटबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नियमित कप्तान इडेन हाजार्डले कतार विश्वकप २०२२ पछि संन्यास लिँदा बेल्जियम कप्तान विहिन थियो ।  ।

रियाल मड्रिडका ३२ वर्षीय विंगर / मिडफिल्डर हाजार्डले गएको डिसेम्बरमा संन्यास लिएका थिए । बेल्जियम कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले डि ब्रुयनालाई कप्तानकाे जिम्मेवारी दिएका हुन् । यसैगरी रियाल मड्रिडका गोलकिपर थिबाउट कोर्टुवा तथा इटालीय क्लब एसी मिलानबाट लोनमा खेलिरहेका स्ट्राइकर रोमेलु लुकाकुलाई उप कप्तान बनाइएको छ ।

डि ब्रुयनाले हाजार्डकाे अनुपस्थितीमा यसअअघि पनि टोलीको कप्तानी गरिसकेका छन् । 

बेल्जियमले शुक्रबार युरोपियन च्याम्पियनसिप छनोटको समूह ‘एफ’ अन्तर्गत स्विडेनविरुद्ध खेल खेल्नेछ ।

सन् २०१० मा बेल्जियमको सिनियर टोलीका लागि डेब्यू गरेका ३१ वर्षीय डि ब्रुयनाले देशका लागि ९७ खेलमा २५ गोल गरेका छन् ।