काठमाडाैं । न्युजिल्यान्डका मध्यम तथा लामो दुरीका धावक जेन रोबर्टसनमाथि आठ वर्षको प्रतिबन्ध लगाइएको छ ।
डोपिङ तथा परीक्षण प्रकृयालाई प्रभावित पारेको आरोपमा रोबर्टसनमाथि आठ वर्षको प्रतिबन्ध लगाइएको रोयटर्सले जनाएको छ । उनले रियो ओलम्पिक र टोकियो ओलम्पिकमा न्युजिल्यान्डको प्रतिनिधित्व गरेका थिए ।
सन् २०१४ को कमनवेल्थ गेम्सअन्तर्गत पाँच हजार मिटर दौडमा कास्य पदक जितेका ३३ वर्षीय रोबर्टले प्रतिबन्धित औधषी प्रयोग गरेको आरोपमा चार वर्ष तथा प्रमाणलाई नष्ट गर्ने प्रयास गरेको आरोपमा थप चार वर्षको प्रतिबन्ध लगाइएको हो ।
रोबर्टसनले सन् २०२२ को ग्रेड म्यानचेस्टर दौडका क्रममा प्रतिबन्धित औषधी एरिथ्रोपोइटिन (इपिओ) प्रयोग गरेको पुष्टि भएको थियो ।
इपिओले रातो रक्तकोशिका बढाउनुका साथ खेलाडीलाई लामो समयसम्म थकान हुँन दिँदैन ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
