इङ्लिस प्रिमियर लिग

सेभियाका मुख्य प्रशिक्षक साम्पाओली बर्खास्त

काठमाडाैं । स्पेनिस क्लब सेभियामा मुख्य प्रशिक्षक जर्ज साम्पाओली बर्खास्त भएका छन् ।

क्लबले लगातारको खराब प्रदर्शनपछि मंगलबार अर्जेन्टाइन साम्पाओलीलाई बर्खास्त गरेको जनाएको हो ।

६३ वर्षीय साम्पाओली गत अक्टोबरमा सेभियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । सात खेल मध्ये पाँच खेल गुमाएको सेभिया २६ खेलमा २८ अंकका साथ स्पेनिस ला लिगाको १४ औं स्थानमा छ ।

साम्पाओलीको प्रशिक्षकमा सेभियाले लिगमा खराब प्रदर्शन गरे पनि युरोपा लिगमा भने क्वार्टरफाइनलमा स्थान बनायो । सेभियाले क्वार्टरफाइनलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

क्लबले सिजनको अन्त्यसम्मका लागि जोस लुईस मेन्डलीबारलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । मेन्डलीबारको प्रशिक्षणमा सेभियाले अप्रिल १ मा कार्जिडविरुद्ध पहिलो खेल खेल्नेछ ।