इटालियन सिरी ‘ए’

शीर्ष स्थानमा फराकिलो अग्रता बनाउँदै नेपोली

काठमाडौं ।  इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार सम्पन्न खेलमा लिग लिग नेपालीले टोरिनोमाथि ४-० को फराकिलो जित निकालेको छ ।

यस जितसँगै २७ खेलमा ७१ अंक जोडेको नेपाललीले एक खेल कम खलेको इन्टर मिलानसँग शीर्ष स्थानमा २१ अंकको फराकिलो अग्रता कायम गरेको छ ।

पराजय ब्यहोरेको टोरिनो २७ खेलमा ३७ अंकका साथ ११औं स्थानमा छ ।

टोरिनको मैदान ओलम्पिको डि टोरिनोमा नेपोलीलाई जित दिलाउन भिक्टर ओसिहेनले दुई तथा टान्गाइ एनडोम्बेले र खविचा क्वारात्सखेलियाले समान एक गोल गरे ।

खेलको नवौं मिनेटमा आसिहेनको गोलमार्फत नेपोलीले अग्रता लिएको  थियो । ३५ औं मिनेटमा क्वारात्सखेलियाले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।

५१ औं मिनेटमा ओसिहेनले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ६८ औं मिनेटमा एनडोम्बेलेले गोल गर्दै नेपोलीलाई ४-० को सहज जित दिलाए ।