इङ्लिस प्रिमियर लिग

आर्सनलको सहज जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा लिग लिडर आर्सनलले क्रिस्टल प्यालेसमाथि ४-१ को सहज जित निकालेको छ ।

यस जितसँगै शीर्ष स्थानको आर्सनलले २८ खेलमा ६९ अंक जोड्दा पराजय ब्यहोरेको क्रिस्टल प्यालेस समान खेलबाट २७ अंकका साथ १२ औं स्थानमा छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेली र ग्रानिट जाकाले समान एक गोल गरे । क्रिस्टलका लागि जेफ्री स्लपले एक गोल फर्काए ।

खेलको २८ औं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ४३ औं मिनेटमा साकाले टोलीको अग्रता दोब्बर बनाए ।  

५५ औं मिनेटमा जाकाले टोलीका लिगा तेस्रो गोल गरे ।  ६३ औं मिनेटमा स्लपले गानेल गर्दा खेल ३–१ को अवस्थामा आयो ।

७४ औं मिनेटमा साकाले ब्यक्तिगद दोस्रो गोल गर्दै आर्सनललाई ४-१ को सहज जित दिलाए ।