नेपाली फुटबल

भारतको सामना गर्दै नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटब महसंघ(साफ) महिला यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सोमबार(आज) भारतको सामना गर्दैछ ।

खेल बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानिय समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । साबिक विजेता नेपाल जितका साथ उपाधि रक्षा लक्ष्यको सुरुआत गर्न चाहन्छ । भारत पनि सुखद सुरुआत गर्न लक्ष्यमा छ ।

सन् २०१७ मा साफ यु-१५ को नामबाट सुरु भएको प्रतियोगिता पहिलो पटक साफ यु-१७ को नामले हुन लागेको हो । यसअघिका चार संस्करण साफ यु-१५ का नामले संञ्चालन गरिएको थियो ।

हाल सम्म यो प्रतियोगितामा भारत दुई  तथा नेपाल र बंगलादेश समान एक पटक च्याम्पियन बनेका छन् । नेपाल र भारतले हाल सम्म तीन खेलमा एक अर्काको सामना गर्दा तीनै खेल भारतले जितको छ ।

सन् २०१७ मा बंगलादेशमा साफ यु-१५ च्याम्पियनसिपको नामबाट सुरु भएको पहिलो संस्करणमा नेपालले १०-० को फराकिलो पराजय ब्यहोरेको थियो ।

यो संस्करणमा भारत उपविजेता बन्दा   नेपाल अन्तिम स्थाना रह्यो । प्रतियोगितामा चार टोलीको सहभागिता थियो ।  सन् २०१८ मा भुटानमा भएको दोस्रो संस्करणको सेमिफाइनमा नेपाल २-१ ले पराजित भयो ।

६ टोलीको सहभागिता रहेको यो संस्करणमा भारत च्याम्पियन बन्दा नेपालले चौथो स्थान हासिल गरेको थियो । सन् २०१९ मा भुटानमै भएको तेस्रो संस्करणमा पनि नेपाल ४- १ ले पराजित भएको थियो ।

चार टोलीको सहभागिता रहेको यस संस्करणमा भारतले उपाधि रक्षा गर्दा नेपाल तेस्रो स्थानमा रह्यो ।  सन् २०२२ मा बंगलादेशमा भएको चौथो(पछिल्लो) संस्करणमा नेपाल च्याम्पियन बन्दा भारतले सहभागिता जनाएको थिएन ।

यस संस्करणमा तीन टोलीको मात्र  सहभागिता थियो ।