विराज च्यासलमा 

काठमाडौं, (खेलाडी)- सहिद स्मारक ए डिभिजन क्लब च्यासल युथ क्लबले यस सिजनका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्ब कप्तान तथा रक्षक बिराज महर्जनलाई अनुबन्धन गरेको छ ।

च्यासलले मंगलबार एक कार्यक्रमका बीच ३१ वर्षिय विराजलाई क्लबमा भित्राएको हो । विराजले गत चैतमा घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कपअन्तर्गत बंगलादेशविरुद्धको फाइनल खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए ।

विराजले नेपाली राष्ट्रिय फुटबल टोलीबाट ७३ खेल खेलेका छन् ।

विराज घरेलु लिगमा सर्वाधिक सफल खेलाडी हुन । उनले थ्री स्टार क्लब (विं स २०६९),मनाङ मस्र्याङदी क्लब(विं स) र मच्छिन्द्र क्लबबाट (विं स २०७६ ) गरि तीन पटक ए डिभिजन लिग उपाधि जितेका छन् ।

मंगलबार नै सम्पन्न कार्यक्रममा च्यासलले स्कटल्यान्डका ली मान्सनलाई प्राबिधिक निर्देशकको रुपमा भित्राएको छ ।