लगातार दोस्रो जितपछि हेल्प नेपाल क्वार्टरफाइनलमा 

काठमाडौं, (खेलाडी)- साबिक  विजेता हेल्प नेपाल राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको दिनको तेस्रो खेलमा हेल्प नेपालले अन्तिम आठमा स्थान बनाउने क्रममा प्रदेश २ लाई  २५-२१, २५-१७, २१-१६ ले पराजित गर्‍यो ।

हेल्प नेपालको दुई खेलबाट ६ अक भएको छ ।  यसअघि समूह ’ए’ को गल्कोटले दुई खेलबाट ६ अ‌‍क जोड्दै क्वार्टरफाइनलको टिकट काटिसकेको छ ।

मंगलबारको चौथो खेलमा मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।