नेपाली फुटबल

ओलम्पिक छनोटका लागि नेपालको पारम्भिक टोली घोषणा

फाइल तस्बिर

काठमाडौ । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरण खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।

टोलीको बन्द प्रशिक्षण शुक्रबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

ओलम्पिक छनोटअन्तर्गत समूह ‘सी’ का खेल नेपालले आयोजन गर्नेछ । समूह ‘सी’मा रहेको प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब नेपालले भियतनाम र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछन् ।

नेपालले अप्रिल आठमा  अफगानिस्तान तथा अप्रिल ११ मा भियतनामसँग खेल्नेछ ।

छनोटको पहिलो चरणमा सहभागी २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् । यसअघि नै  उत्तर कोरिया, चीन, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले दोस्रो चरणमा स्थान बनाइ सकेका छन् ।

दोस्रो चरणबाट समूहका विजेता तथा तथा एक उत्कृष्ट उपविजेताले तेस्रो चरणमा स्थान बनाउनेछन् । तेस्रो चरणका शीर्ष दुई टोलले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने छन् ।

नेपालको  प्रारम्भिक टोली

एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैसी, हिराकुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रिती राई,  अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सरु लिम्बु, रेनुका नगरकोटी, विमला चौधरी, सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रजनी ठोकर, पूजा राणा, दीपा न्यौपाने, सरस्वती ऐयर, सरस्वती हमाल, अन्चली वाइबा, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जलीकुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य