हिसान खेलकुद सप्ताह

हिसान खेलकुद सप्ताहः सिसीआरसी र जेभियर च्याम्पियन

काठमाडौं । सिसीआरसी र जेभियरले छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबलमा च्याम्पियन बनेका छन् ।  सिसीआरसी ब्वाइज तथा जेभियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।

सिसीआरसीले सोमबार सम्पन्न फाइनलमा हिमालयन ह्वाइटहाउसलाई ६१-४६ ले पराजित गरेको हो । सिसीआरसीका समिप खत्रीले ३२ अंक जोडे ।

 गर्ल्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई २४-१७ ले हरायो । जेभियरकी श्रृष्टि राईले १० अंक जोडिन् ।

ब्वाइजमा सिसीआरसी समिप र गल्र्समा जेभियरकी कृती चौधरी ‘मोस्ट भेलुएबल प्लेयर घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव समेत रहेका हिसानका अध्यक्ष रमेश सिलवाल, हिसानका उपाध्यक्ष हरि लामिछाने, केन्द्रीय सहकोषाध्यक्ष नरेन्द्र अधिकारीलगायतले पुरस्कृत गरेका थिए ।

बास्केटबलको प्रतिस्पर्धासंगै खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुद सप्ताहमा बास्केटबलसहित भलिबल, फुटसल र टग अफ वारमा प्रतिस्पर्धा भएको थियो ।