लोयल्टी कप

लोयल्टी कप सोमबारदेखी हुने

काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता सोमबारदेखी हुने भएको छ ।

प्रतियोगितामा आयोजकको दुईसहित १२ टोलीको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र लिम्बूले जनाएका छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । विगतका १० संस्करण भने नकआउट पद्धतीमा भएको थियो ।

समूह ‘ए’ मा लोयल्टी ‘बी’, त्रिज्योति र ज्ञानोदय तथा समूह ‘बी’ मा लोयल्टी ‘ए’, नेक्सस र विद्या संस्कार छन् ।  यसैगरी रिलायन्स, काठमाडौं भ्याली र लिटिल एन्जल्स समूह ‘सी’ तथा चाँदबाग, काष्ठमण्डप र टाइमलाइन समूह ‘डि’ मा छन् ।

प्रतियोगितामा १२ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छन् । पाँच दिने प्रतियोगिताका खेलहरु मण्डिखटारस्थित आयोजककै मैदानमा हुनेछ ।