इटालियन सिरी ए

नयाँ गन्तब्यको बारेमा केही सोचेको छैनः डिबाला

रोम । विश्व विजेता अर्जेन्टिनामा पाबलो डिबालाले अहिले नै इटालियन सिरी ए को क्लब एएस रोमामा आफ्नो भविष्यको बारेमा केही नसोचेको बताएका छन ।

रोमाले आज  युरोपा लिगको अन्तिम १६ मा आरबी साल्जबर्गको सामना गर्दैछ । 

डिबाला गत सिजन युभेन्टस बसाईमा पूर्णविराम लगाउँदै साढे तीन वर्षका लागि रोमा भित्रिएका थिए । रोमासँग सम्झौता बाँकी रहे पनि डिबालाको अनुबन्धमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड इच्छुक देखिदै आएको छ । 

जारी सिजन डिबालाले रोमाबाट २१ खेलमा ११ गोल गुर्नका साथै सात गोलका लागि पास उपलब्ध गराएका छन ।

‘म अहिले रोमामा खुशी छु र नयाँ गन्तब्यको बारेमा केही सोचेको छैन,’उनले भने, ‘यद्धपी मेरो एजेन्टसँग केही क्लबहरु संवादमा रहेको जानकारी पाएको छु । सिजनको अन्त्यपछि यस बारेमा थप बुझेर निर्णय लिनेछु । अहिलेका लागि रोमाको सफलताको लक्ष्यमा योगदान गर्न चाहन्छु । हामी यस सिजन युरोपा लिगका जित्न चाहन्छौ । सिरी ए मा पनि हामी शीर्ष चारमा छौ । यो क्लबका लागि सुखद पक्ष हो ।’