च्याम्पियन्स लिग

मैले राम्रो टोलीलाई प्रशिक्षण दिइरहेको छुः पियोली

मिलान । इङलिस प्रिमियर लिग क्लब टोटनहममाथि मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ पहिलो लेगमा निकालेको जितपछि सिरी ए क्लबको क्लब एसी मिलानका प्रशिक्षक स्टेफानो पियोली सन्तृष्ट देखिएका छन ।

मिलानले टोटनहमलाई १–० ले पराजित गरेको थियो । सान सिरोमा खेलको सातौँ मिनेटमा ब्राहिम डियाजले गरेको गोल मिलानको जितमा निर्णायक साबित भएको थियो ।

सिरी ए च्याम्पियन मिलानले शुक्रबार टोरिनोमाथि १ –० को सहज जित हात पारेको थियो । उक्त जितपछि बलियो आत्मबल बनाएकोे मिलानलाई टोटनहमविरुद्ध जित निकालन सहज भयो ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गर्नका लागि मिलानले मार्च ८ मा हुने दोस्रो लेगमा टोटनहमलाई बराबरीमा रोके पनि पर्याप्त हुनेछ । 

‘हामीलाई जित निकाल्न निक्कै कठिन भएको थियो । बलियो टोलीसँगको जित हाम्रो लागि महत्वपूर्ण थियो । हामीले राम्रो खेल्यौँ,पियोलीले भने, 'हामीलाई मात्र थाहा छ बलियो टोलीसँग खेल्न कति गाह्रो हुन्छ । यद्यपी, टोटनहमसँगको खेलबाट म सन्तृष्ट छु ।’

’यो जितले हाम्रो मनोबललाई थप बलियो बनाएको छ । तर, अर्काे महिनामा हुने खेल हाम्रो लागि कठिन हुनेछ । हामी जस्तोसुकै कठिन अवस्थाको पनि सामना गर्न तयार छौँ । मैले राम्रो टोलीलाई प्रशिक्षण दिइरहेको छु’, पियोलीले थपे ।