आइसिसी विश्वकप क्रिकेट लिग टु

स्कटल्यान्डलाई नामिबियाको एक सय ५४ रनको लक्ष्य

काठमाडौं । मिकेल लियस्कको चार विकेटप्रेरित स्कटल्यान्डले आइसिसी विश्वकप क्रिकेट लिग टु मा नामिबियालाई एक सय ५३ रनमा सीमित पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङका लागि आएको नामिबियाले स्कटल्यान्डसामु एक सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नामिबियाका ओपनर लो हेन्डर लोहोरेन्सले ८८ बलमा पाँच चौकामद्दतमा ५४ तथा बर्नाड स्कोल्चले समान ३० र जेन ग्रिनले २५ रन जोडे । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।

मंगलबार नेपालविरुद्ध शतक पूरा गरेका मिकेल भान लिंगेनले मात्र चार रन जोडे ।

स्कटल्यान्डका लियस्कले ८.२ ओभरमा २४ रन खर्चदै ४ विकेट लिए भने मार्क वाट् र सफियान सासिफले समान तीन विकेट लिए ।

नामिबिया मंगलबार पहिलो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो ।