युइएफए

टर्की र सिरियाका भुकम्प पिडितलाई युइएफएको आर्थिक सहयोग

काठमाडौं । युरोपेली फुटबल महासंघ(युइएफए)ले टर्की र सिरिया र सिरियाका भुकम्प पिडितका लागि पहिलो चरणमा दुई लाख युरो आर्थिक सहयोग गरेको छ ।

शुक्रबार महासंघले औपचारिक विज्ञप्ती निकाल्दै टर्कीस फुटबल महासंघलाई एक लाख पचास हजार युरो सहयोग गरेको उल्लेख गरेको थियो । त्यस्तै युइएफाले अग्रपङक्तिमा काम गर्ने दुई संस्था बोन्यान संगठन र टिएफआईलाई पचास हजार युरो दिने प्रतिबद्धता  जनाएकाे छ ।

त्यसैगरी युरोपियन फुटबलको प्रशासकीय निकायले संयुक्त युइएफए विपद राहत कोषमा योगदान गर्न सदस्य संघहरुसँघ समन्वय गर्ने भएको छ ।

आइतबारबाट सुरु हुने युरोपका सबै खाले प्रतियोगितामा क्लबहरुले एक मिनेटको मौनधारण गर्ने युइएफएले बताएको छ ।

गत फेब्रुअरी ६ मा टर्की र सिरियामा ७.८ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको थियो । भुकम्पमा परी शनिबारसम्म करिब २४ हजारले ज्यान गुमाइसकेका छन् ।