टेस्ट

पहिलो टेस्टमा भारतको फराकिलो जित

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले फराकिलो जित निकालेको छ ।

नागपुरस्थि विदर्भ क्रिकेट संघको मैदानमा भारतले तेस्रो दिनमै एक इनिङ र एक सय ३२ रनको जित निकालेको हो । यस जितसँगै भारतले चार खेलको टेस्ट श्रृंखलामा १-० को अग्रता लिएको छ ।
 

भारतले पहिलो इनिङमा चार सय रन बनाएपछि दुई सय ३३ रनले पछि परेको अस्ट्रेलियाले तेस्रो दिन दोस्रो इनिङ थालेको भए पनि ३२.३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सक्यो ।  

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले अविजित २५, मार्नुस लाबुसेनले  १७ तथा डेविन वार्न र एलेक्स केरीले समान  १० रन जोडे ।

भारतका लागि रवीचन्द्रन आश्विनले पाँच, मोहम्मद सामी र रविन्द्र जडेजाले समान दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

यसअघि ३२१-७ को स्थितीबाट पहिलो इनिङमा तेस्रो दिनको सुरुआत गरेका भारतले थप ७९ रन बनाउँदा बाँकी तीन विकेट गुमाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले दुई समय १२ बलमा पाँच चौका र दुई छक्का मद्दतमा सर्वाधिक एकय २० रन जोडे ।  

यसैगरी अक्षर पटेलले एक सय ७४ बलमा १० चौका र एक छक्का मद्दतमा ८४, रविन्द्र जडेजाले  एक सय ८५ बलमा  नौ चौका मद्दतमा ७०, मोहम्मद सामीले ३७, रवीचन्द्रन आश्विनले २३, केएल राहुलले २० र विराट कोहलीले १२ रन जोडे ।

आठौं विकेटका लागि जडेजा र पटेलले ८८ रनको साझेदारी गरेका थिए । 

अस्ट्रेलियाका लागि टेस्टमा डेब्यु गरेका टाेड मर्फीले सात, कप्तान प्याट कमिन्सले लुई तथा स्कट बोल्यान्डले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राेजेको अस्ट्रेलिया पहिलो इनिङमा एक सय ७७ रनमै समेटिएको थियो ।

श्रृंखलाको दोस्रो खेल शुक्रबारबाट दिल्लीमा सुरु हुनेछ ।