कार्लो एन्सेलोटी

एन्सेलोटीलाई प्रशिक्षकमा नियुक्त गरिएको खबर सत्य होइन: सिबीएफ

काठमाठौं । ब्राजिलियन फुटबल संघ (सिबीएफ) ले कार्लो एन्सेलोटीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको भन्ने खबर बाहिरिएपछि त्यसको खण्डन गरेको छ ।

कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाट बाहिरिए पछि मुख्य प्रशिक्षक टिटेले राजिनामा दिएका थिए ।

शुक्रबार विभिन्न सञ्चार माध्यहरुले टेटेले छाडेपछि मुख्य प्रशिक्षक विहिन रहेकाे ब्राजिलियन राष्ट्रिय टोलीको जिम्मेवारी एन्सोलोटीले सम्हाल्ने निश्चित भएको खबर बाहिर ल्याएका थिए ।  

सिबीएफले ति समाचारको खण्डन गर्दै यो निराधार रहेको बताएको हो ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ब्राजिलियन फुटबल संघ इटालियन कार्लो एन्सेलोटीलाई राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकमा नियुक्त गरिएकाे भन्ने समाचार निराधार भएको जानकारी दिन चाहन्छ । यसका साथै विना कुनै प्रमाण यस्ता भ्रम नफैलाउन संघ आग्रह पनि गर्दछ । ’

हाल स्पेनिस क्लब रियाल मड्रिडको प्रशिक्षण सम्हाली रहेका एन्सोलोटीले पनि यी खबर निराधार रहेको बताएका थिए ।