फ्रेन्च लिग वान

बार्यनसँग पराजित भए एमबाप्पेले पिएसजी छाड्ने

पेरिस । पेरिस सेन्ट जर्मन(पिएसजी) ले युइएफए च्याम्पियन्स लिगबाट बाहिरिए स्ट्राइकर केलियन एमबाप्पेलाई सरुवाको सुचीमा राखिने स्पेनिस पत्रिका मार्काले जनाएको छ । 

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा पिएसजीले फेर्बुअरी १५ मा २८ पटकको बुन्डेसलिगा च्याम्पियन्स बार्यनसँग प्रतिस्पर्धा गर्दैछ । 

फ्रान्सका २४ वर्षीय एमबाप्पेलाई पिएसजी बार्यनसँग पराजित भएको खण्डमा प्रशिक्षक क्रिस्टोफर ग्याल्टियरले सरुवाको  सुचिमा राख्न सक्ने बताइएकोे छ । 

सन् २०२० च्याम्पियन्स लिगको फाइनलमा बार्यनले पिएसजीलाई पराजित गर्दै उपाधि जितेको थियो । 

चोटका कारण एमबाप्पे बार्यनसँगको पहिलो लेग  गुमाए पनि मार्च आठमा हुने दोस्रो लेगमा उपस्थित हुने अनुमान गरिएको छ । एमबाप्पेले बुधबार भएको लिग वानमा मोन्टेपिल्लरसँगको खेलको क्रममा २१ औँ मिनेटमा घाइते हुदैँ मैदान छाडेका थिए । 

लिग वान च्याम्पियन पिएसजीले फ्रेन्च कपमा आज राति मर्सेलीसँग प्रतिस्पर्धा गर्दैछ ।