फिफा विश्वकप

२०३० को विश्वकप आयोजनाका लागि चार दक्षिण अमेरिकी राष्ट्रको दाबी

काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका दक्षिण अमेरिकाका चार संयुक्त रूपमा  दाबी पेश गरेका छन् ।  

विश्वकप आयोजनाका लागि कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरे हुन् ।

सन् २०३० मा फिफा विश्वकप सुरु भएको एक सय वर्ष पूरा हुनेछ । त्यसैले यी चार राष्ट्रले विश्वकप दक्षिण अमेरिकाबाटै सुरु भएकाले यो विशेष संस्करण पनि यही हुनुपर्ने भन्दै दाबी पेश गरेका हुन् ।

फिफा विश्वकप १९३० मा उरुग्वेबाट सुरु भएको थियो । यसअघि नै सन् २०३० को विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त रूपमा दाबी गरिसकेका छन् ।

फिफाले  सन् २०३० को विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ । सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले  संयुक्त रूपमा आयोजना गर्नेछन् ।