पिएसजी

चोटका कारण एमबाप्पेले बायर्नसँगको खेल गुमाउने सम्भावना

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पे थाइ इन्जुरीका कारण तीन साता मैदान बाहिर रहने भएका छन् ।

फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति सम्पन्न मोन्टपेलियरविरुद्धको खेलमा एमम्बाप्पे घाइते भएका थिए । चोटका कारण पिएसजीले ३-१ को सहज जित निकालेको खेलमा एमबाप्पेले २१ औं मिनेटमा मैदान छाडेका थिए ।

घाइते भएपछि एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत फेब्रुअरी १४ मा हुने जर्मन क्लब बायर्न म्युनिखसँगको खेल गुमाउने सम्भावना बढेको छ ।