स्पेनिस ला लिगा

बार्सिलोनासँग अंक दुरी घटाउँदै रियाल

मड्रिड । भिनिसियस जुनियरले क्लबबाट आफ्नो गोल संख्या २ सय पुर्याएको दिन रियाल मड्रिडले बिहीबार भ्यालेन्सियामाथि २-० को जितसहित स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनासँगको दुरी पाँच अंकमा झारेको छ ।

५२औं मिनेटमा मार्को एसेन्सियोले गरेको गोलमा रियालले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै जुनियरले रियालको अग्रता दोब्बर पारेका थिए । जुनियरले करिम बेन्जेमाको पासको सदुपयोग गरेका थिए ।

आइतबार रियाल ला लिगामा रियाल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । यससँगै रियालले बार्सिलोनासँग अंक दुरी कम गर्ने अवसर गुमाएको थियो । बार्सिलोनाले बुधबार रियाल बेटिसमाथि २-१ को जितसहित रियालसँगको दुरी आठ अंकमा पुर्याएको थियो । 

रियाल १९ खेलमा ४५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेल खेलेको बार्सिलोना ५० अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानको रियाल सोसिडाडको ३९, चौथो स्थानको एट्लेटिको मड्रिडको ३४ र पाँचौ स्थानको भियारियालको ३१ अंक छ ।