क्रिस्टियानो रोनाल्डो

टोलीको एकता भाड्ने प्रयास भएको रोनाल्डोको दाबी

दोहा । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गलत खबर सार्वजनिक गरेर आप्mनो टोलीको एकता भाड्ने प्रयास भएको बताएका छन् । 

कतार विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को  स्विट्जरल्यान्डविरुद्धको खेलमा पहिलो रोजाईमा नपरेको भन्दै रोनाल्डोले प्रशिक्षक फर्नान्डो सान्तोषलाई घर फर्कने धम्की दिएको खबर सार्वजनिक भएको थियो । 

दक्षिण कोरियाविरुद्ध समूह चरणको अन्तिम खेलमा मैदान बाहिर बोलाएको भन्दै रोनाल्डोले खराब व्यहार देखाएकाले उनलाई स्विट्जरल्यान्डविरुद्ध पहिलो रोजाईमा नराखिएको बताइएको थियो । सो खेल ६-१ ले जित्दै पोर्चुगलले क्वार्टरफाइनलमा स्थान बनाएको थियो । 

सन् २००८ पछि प्रमुख प्रतियोगितामा रोनाल्डो पहिलो रोजाईमा नपरेको यो पहिलो खेल थियो ।

‘पोर्चुगलको सफलताबाट आत्तिएको एउटा समूह हाम्रो टोलीको एकता भाड्ने उदेश्यले लागि परेको छ र मेरो बारेमा पछिल्लो समय सार्वजनिक भएको खबर पनि त्यही योजनाको एउटा अंग हो’, रोनाल्डोले भने, ‘पोर्चुगलको सफलताको मुख्य कारण नै टोली एकता हो र यो कायम छ । हामी विश्वकप जित्न आएका हौ र हामी आफ्नो लक्ष्यमा केन्द्रित छौ ।’