टेस्ट

पाकिस्तान ४२ रनले पछि

काठमाडौं । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा पाकिस्तान ४२ रनले पछि परेको छ ।

नेसनल स्टेडियममा १५४–३ को स्थितीबाट तेस्रो दिनको सुरुआत गरेको पाकिस्तान दिन समाप्ती हुँदा ४०७–९ को अवस्थामा छ ।

तेस्रो दिन पाकिस्तानले  थप दुई सय ५३ रन बनाउँदा ६ विकेट गुमायो । अब पाकिस्तानले बिहिबार यही स्थितीबाट चौथो दिनको सुरुआत गर्नेछ । पाकिस्तानका लागि साउद सकिल तीन सय ३६ बलमा  १७ चौका मद्दतमा एक सय २४ रनमा अविजित छन् ।

यसैगरी इमाम उल हकले एक सय ६५ बलमा १० चौका एक छक्का मद्दतमका ८३,सर्फराज अहमदले एक सय नौ बलमा १० चौका मद्दतमा ७८ रन जोडे ।

न्युजिल्यान्डका लागि  अजज् पटेलले तीन, इश सोधीले दुई तथा टिम साउथी,म्याट हेनरी र ड्यारिल मिचेलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको न्युजिल्यान्ड पहिलो इनिङमा चार सय ४९ समेटिएको थियो । न्युजिल्यान्डका लागि डिभोन कोन्वेले एक सय ९१ बलमा १७ चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय २२ रन बनाए । 


यसैगरी म्याट हेनरीले ८१ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ६८ रन तथा टोम ब्लन्डेललले  एक सय आठ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए ।

पाकिस्तानका लागि अब्रर अहमेदले चार तथा अघा सलमान र निसम शाहले समान तीन विकेट लिए ।

दुवै टोली यो टेस्ट जित्दै दुई खेलको श्रृंखला १–० ले आफ्नो पक्षमा पार्ने लक्ष्यमा छन् । पहिलो टेस्ट ‘ड्र’ भएको थियो ।