पारस खड्का

‘स्पोट फिक्सिङ’ को निस्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न पारसको माग

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी–२० लिगमा  ‘स्पोट फिक्सिङ’ भएको खबरले स्तब्ध बनाएको बताउँदै यसको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारबाही हुनुपर्ने माग राखेका छन् ।


पारसले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘स्पोट फिक्सिङ’  जस्तो गम्भिर अपराघमा संग्लग्नलाई काडा कारबाही हुनुपर्ने माग राखेका हुन् ।

‘नेपाल क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थ्यो। यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी–२० लिगमा ‘स्पोट फिक्सिङ’जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। खेलाडीहरुको वर्षौं देखिको लगाव,खेलप्रेमीहरुको निस्स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले  यो खेल संग सम्बंधित सबैलाइ चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारबाही गरियोस’ पारसले फेसबुकमा लेखेका छन् ।

पछिल्लो समय नेपाल टी–२० लिगमा खेल मिलेमतो तथा सट्टेबाजी भइरहेको खबर बाहिरिरहेको छ । मंगलबार नै लिगको फ्रेन्चाइज टोली काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना खेलाडीलाई खेल मिलेमतोको प्रस्ताव आएकालेएन्टी करप्सन युनिट (एसियु) लाई  जनाकारी दिएको बताएका थिए ।

यसैगरी लिगको अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले पनि लिगमा मिलेमतो भइरहेको बताएका थिए ।