इङ्लिस प्रिमियर लिग

आर्सनल रोकियो, युनाइटेडको जित यात्रा निरन्तर

लन्डन । न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ ।\घरेलु मैदान इमिरेट्समा आर्सनलले उत्कृष्ट सुरुआत गरे पनि न्युक्यासलको रक्षापत्तिं तोड्न भने असफल रह्यो । 

खेलको अन्तिम मिनेटमा इडी एनकेइटाको प्रहार न्युक्यासलका गोलकिपर निक पोपले विफल पारेका थिए । आर्सनल जारी सिजन १७औं खेलमा आएर पहिलो पटक गोल गर्न असफल भएको हो । 

१७ खेलमा ४४ अंक छोडेको आर्सनल शीर्ष स्थानमा यथावत छ । जुन एक खेल खेल्दै दोस्रो स्थानमा बसेको म्यानचेस्टर सिटीभन्दा आठ अंक बढी हो । सिटीले एक खेल कम खेलेको छ । तेस्रो स्थानको न्युक्यासल र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको समान ३५ अंक छ । पाँचौ स्थानको टोटनहमको १७ खेलमा ३० अंक छ । 

चौथो स्थानमा फराकिलो अग्रता बनाउने क्रममा युनाइटेडले बर्नामाउथलाई ३-० ले हरायो । युनाइटेडको यो लगातार चौथो जित हो ।

युनाइटेडको सहज जितमा कासेमिरो लुक स र मार्कुस रासफोर्डले समान एक गोल गरे ।