महिला क्रिकेट

महिला क्रिकेट: पुलिसले लुम्बिनीलाई दियो १ सय १३ रनको लक्ष्य

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १ सय १३ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगाशालामा टस जितेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रनको योगफल तयार गर्यो । पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको योगदान गरिन् । उनले २९ बलमा ७ चौका  र एक छक्का प्रहार गरिन् ।

यस्तै, सम्झना खड्का २९ रन र अप्सरी वेगम १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीको बलिङमा सुस्मिता भुसाल र मनिसा रानाले समान २ विकेट लिए । यस्तै, कमला जिएमले एक विकेट लिइन् ।

समूह ‘बी’मा रहेको पुलिस लगातार दुई जित निकालेर यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेको छ ।