फेन्सिङ

फेन्सिङको अन्तिम स्वर्ण आर्मीले जित्यो

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको पुरुष टिम इभेन्ट (इपी)मा विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरास्थित ब्याडमिन्टन हलमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ४५–२८ ले पराजित गरेसँगै आर्मी पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।

योसँगै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङ समापन भएको छ । कुल १२ स्वर्ण पदकमध्ये आर्मीले पाँच, बागमतीले चार, एपिएफले दुई तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण पदक जितेका छन् ।

सोमबार भएको पुरुष सिनियर फोएल तर्फको स्वर्ण पदक सुदूरपश्चिम प्रदेशका जलिन्द्र शाहीले जितेका थिए । सोही स्पर्धाको रजत बागमतीका सन्जीव लामा र कास्य एपिएफका ऐरी शेरसिंह र आर्मीका वीर शाहीले जितेका थिए ।

सोमबारनै सम्पन्न सिनियर महिला इपीतर्फ आर्मीकी इन्दीरा पौडेलले स्वर्ण जितेकी थिइन् । आर्मीकै सिता पाठकले रजत र पुजन कुमालले कास्य जिते । एपीएफकी जानुका स्याङतानले अर्को कास्य जिनित् ।

सोही दिन भएको अन्तिम स्पर्धा सिनियर महिला साबेरको स्वर्ण बाग्मती प्रदेशकी शिक्षा नापितले जितिन् । एपीएफकी उर्मीला लामाले रजत जित्दा आर्मीका रविना थापा र मनिषा श्रेष्ठले कास्य पदक हात पारे ।

मंगलबार भएको सिनियर महिला फोएलमा आर्मीकी रमा सिंहले स्वर्ण जित्दा एपीएफकी मनिसा राईले रजत र एपीएफकै मन्दिरा थापा र अनिता अधिकारीले कास्य जिते ।

मंगलबारनै सम्पन्न सिनियर पुरुष इपीमा बाग्मतीका ओमकार सिंहले स्वर्ण, आर्मीका राम थापा र मिन कार्कीले क्रमशः रजत र कास्य जिते । यस्तै, गण्डकीका विजय अधिकारीले आर्को कास्य जिते । सोहि दिन भएको सिनियर पुरुष साबेरमा एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जिते । आर्मीका उपेज्द्र शाहीले रजत र आर्मीकै रघु चन्दले कास्य जिते । अर्को कास्य एपीएफका खेमराज खत्रिले हात पारे ।

बुधबार सम्पन्न सिनियर पुरुष टिम फोएलमा बाग्मती प्रदेशले स्वर्ण, आर्मीले रजत सुदुर पश्चिम र प्रदेश १ले कास्य जिते । 
बुधबारनै भएको सिनियर टिम महिला इपीमा आर्मीले स्वर्ण,एपीएफले रजत, सदुरपश्चिम र प्रदेश १ले कास्य जिते । महिला तर्फको सिनयिर महिला टिम साबेरमा बाग्मतीले स्वर्ण, आर्मीले रजत, प्रदेश १ र एपीएफले कास्य जिते ।

बिहिबार भएको सिनियर महिला फोएलमा एपीएफले स्वर्ण जितेको थियो । बाग्मतीले रजत जित्दा आर्मी र गण्डकीले कास्य जिते । सिनियर पुरुष साबेरमा आर्मीले स्वर्ण, बाग्मतीले रजत, एपीएफ र गण्डकीले कास्य जिते ।

शनिबार सम्पन्न सिनियर टिम पुरुष इपीमा आर्मीले स्वर्ण, एपीएफले रजत, बाग्मती र गण्डकीले कास्य हात पारे ।