टेस्ट

टेस्ट क्रिकेटमा नफर्कने अलीको घोषणा

लन्डन ।इङल्यान्डका माइन अलीले टेस्ट क्रिकेटमा फर्कने सम्भावना नरहेको बताएका छन् । 

अलीले हालै मात्र पाकिस्तनविरुद्धको सात ट्वान्टी २० शृंखलामा इङल्यान्डको कप्तानी सम्हालेका थिए । जुन शृंखला इङल्यान्डले ४-३ ले जितेको थियो । अली डिसेम्बरमा पाकिस्तानविरुद्ध हुने टेस्टका लागि इङलिस टोलीमा फर्कने अनुमान गरिएको थियो ।

गत वर्ष जो रुट इङल्यान्डको कप्तान रहँदा अलीले व्यक्तिगत कारण देखाउँदै टेस्ट क्रिकेटबाट विश्रामको घोषणा गरेका थिए । तर नयाँ कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रान्डम म्याकुलमको आगमनपछि पनि उनले टेस्ट क्रिकेटमा नफर्कने घोषणा गरेका हुन् ।

‘प्रशिक्षक म्याकुलमले मलाई फोन गरेका थिए’,उनले पनि मलाई टेस्ट क्रिकेटमा फर्कन आग्रह गरे, ‘अलीले भने, ’तर म उनको प्रस्ताव स्विकार गर्ने अवस्थामा छैन । मैले यस संरचनाबाट बिदा लिइसकेको छु र अब त्यो  निर्णयमा  पुर्नविचार गर्दिन । मलाई शारीरिक रुपमा पनि टेस्ट क्रिकेटका लागि फिट छु जस्तो लाग्दैन । मैले इङल्यान्डबाट ६४ टेस्ट खेले र त्यो नै मेरा लागि उपलब्धी हो ।'