एनएसजेएफ

एनएसजेएफ र केएसपीयूबीच सञ्झौता

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन  (केएसपीयू ) बीच खेलकुद पत्रकारिताको विकास तथा खेलकुद पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने विषयमा  सम्झौता भएको छ।

 इटालीको रोममा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनको अवसरमा मञ्च र केएसपीयु बीच बुधवार सम्झौता भएको हो। 

सम्झौतामा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदी र केएसपीयुका अध्यक्ष जोङ को याङले हस्ताक्षर गरे । 

सम्झौता अनुसार केएसपीयूले एनएसजेएफ एकेडेमी मार्फत गर्ने विभिन्न कार्यक्रम तथा सदस्यहरुको क्षमता अभिबृद्धि गर्न आयोजना गर्दै आएको प्रशिक्षण कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ । जस अन्तर्गत अनुसन्धान, प्रशिक्षण, छपाई तथा एक्सचेञ्ज प्रोगामहरु रहनेछन्। 

‘सम्झौतापछि मञ्चले आफ्नो सदस्यहरुको क्षमता अभिबृद्धिमा थप कार्यक्रम गर्न मद्दत मिल्नेछ। हामीले सदस्यहरुलाई कोरियामा पठाएर समेत एक्सचेञ्ज प्रोगामअन्तर्गत विशेष फाइदा मिल्न सक्ने विश्वास लिएका छौं,’सहमति पत्रमा हस्ताक्षर गरेपछि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले भने ।'

‘मञ्चका हरेक गतिविधिबाट प्रभावित भएको हुनाले त्यस्ता कार्यक्रमलाई थप सहयोग पुगोस् भन्ने उदेश्यले हामीले यो सम्झौता गर्न मञ्चलाई नै रोजेका हौं,’ केएसपीयुका अध्यक्ष जोङले भने ।'