सन्दीप लामिछाने

२० गते नेपाल आइपुग्छुः सन्दीप लामिछाने

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेपछि फरार रहेका नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अक्टोबर ६ मा नेपाल आउने भएका छन् ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा लगेर पटक–पटक बलात्कार गरेको उनीमाथि आरोप लागेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिन्जमा रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि उनी नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रहरी दुवैको सम्पर्क छैनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफू बिहीबार नेपाल आइपुग्ने बताएका छन् ।