ट्वान्टी२०

साल्टको आक्रामक ब्याटिङमा इङल्यान्डको सहज जित

कराँची । फिल साल्टको आक्रामक ब्याटिङप्रेरित इङल्यान्डले छैटौ ट्वान्टी२० खेलमा पाकिस्तानमाथि आठ विकेटको जितसहित सात खेलको शृंखला ३–३ को बराबरीमा ल्याएको छ । 

सात ट्वान्टी२० खेलको शृंखलाको विजेताको टुङगो अन्तिम खेलले मात्र लगाउने छ । 

पाकिस्तानले प्रस्तुत गरेको एक सय ६९ रनको लक्ष्य इङल्यान्डले १४.३ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गर्यो । इङल्यान्डका लागि ओपनर साल्टले ४१ बलमा १३ चौका र ३ छक्का मद्दतमा अविजित ८८ रन जोड्दा एलेक्स हेल्सले २७ तथा डाविड मालन र बेन डकेटले समान २६ रन जोडे ।

पाकिस्तानका सडाब खानले दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निधौरित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो ।
१५–२ को स्थितीमा रहेको पाकिस्तानले कप्तान बाबर आजमको अविजित ८७ रन मद्दतमा सम्मानजनक योगफल खडा गरेको थियो ।

आजमले ५९ बलमा सात चौका र तीन छक्का प्रहार गरेका थिए ।

इङल्यान्डका साम कुरान र डेविड विल्लीले समान दुई विकेट लिए भने रिस टोप्ले र रिचार्ड ग्लिसनले समान एक विकेट लिए ।