जसप्रित बुमराह

बुमराहले ट्वान्टी २० विश्वकप गुमाउन सक्ने!

नयाँ दिल्ली । भारतीय टिमका तिव्र गतिका बलर जसप्रित बुमराहले चोटका कारण आसन्न ट्वान्टी २० विश्वकप गुमाउन सक्ने देखिाएको छ ।

चोटकै कारण एसिया कप गुमाएका बुमराह हालै सम्पन्न अस्ट्रेलियासँगको ट्वान्टी २० शृंखलाबाट टिममा फर्किएका थिए । तर, फेरि ढाडको चोट बल्झिएपछि बुमराहले विश्वकप गुमाउन सक्ने प्रवल सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले खुलाएका छन् ।

अहिले जारी दक्षिण अफ्रिकासँगको शृंखलाका लागि बुमराहले टिमसँग त्रिभन्थापुरम पनि भ्रमण गरेनन् ।

भारतीय क्रिकेट बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै बुमराहको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको छ । चोटकै कारण बुमराहले दक्षिण अफ्रिकासँगको पहिलो ट्वान्टी २० खेल गुमाएका थिए ।